काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले स्थानीय तहका उम्मेद्वााहरुको टुंग्गो यहि चैत मसान्त भित्र लगाइसक्ने बताउनु भएको छ । सल्यानमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले विधान अनुसार पार्टीका विभिन्न तहका समितिले चैत मशान्तभित्रै उम्मेदवार टुंगो लगाउने बताउनु भएको हो।
‘यसपटक विगतमा भए जस्तो उम्मेदवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति नभएको बताउँदै उहाँले निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित भएकाले चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने जानकारी दिनु भयो ।
पार्टीका तल्लो तहका समितिले उम्मेदवार टुंग्याउन नसकेर विवाद भएमा केन्द्रले उम्मेदवार चयन गर्ने पनि प्रवक्ता महतले बताए । ‘जुन तहको उम्मेद्वारी हो, त्यहीं टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ’ उहाँले बतााउनु भयो ।
नेपाली कांग्रेसले आरम्भ गरेको “घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं” भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी नागरिकसँग जोडिन पनि प्रवक्ता महतले पार्टीका नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।