बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी

मुख्य खबर आइतवार चैत्र ६, २०७८

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । तीन पटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने तयारी गरिएको हो।

प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डपलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले यी कम्पनीहरूलाई वक्यौता तिर्न आउन २०७७ असोज ७, २०७७ माघ २६ र २०७८ भदौ १२ समेत गरी तीनपटक सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो। प्राधिकरणले आज अन्तिम पटक भन्दै निकालेको सूचनामा ७ दिन भित्र वक्यौता तिर्न आउन भनिएको छ ।

Leave a Comment