पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमती

मुख्य खबर शुक्रबार चैत्र ४, २०७८

काठमाडौं । एक नाबालिका गायिका माथि बलात्कारको अभियोग लागेका नायक पल शाहलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमती दिएको छ । शुक्रबार अदालतले पाँच दिनको समय दिएको तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

यसअघि पहिलोपटक ८ दिन र दोस्रोपटक १२ दिनको समय दिइएको थियो । तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो ।

तर यही बीचमा नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन ।

Leave a Comment