संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदद्धारा अफगानिस्तानमा रहेको मिसनलाई थप एक वर्ष खटाउने प्रस्ताव स्वीकृत

अन्तर्राष्ट्रिय शुक्रबार चैत्र ४, २०७८

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको मिसनलाई थप एक वर्ष खटाउने प्रस्ताव स्वीकृत गरेको छ ।

यो प्रस्तावसँगै त्यहाँ राष्ट्रसङ्घको मिसनमा निरन्तरताकोे बाटो खुलेको बीबीसीले जनाएको छ । मिसनले त्यहाँको मानवीय, राजनीतिक तथा मानव अधिकारको क्षेत्रमा सहयोग गर्ने खबरमा उल्लेख छ । उक्त प्रस्तावको पक्षमा १४ देशले मत दिएका थिए भने रुस अनुपस्थित थियो । पत्रकार, महिला तथा बालबालिकाको सुरक्षा पनि यसमा समावेश छ ।

यसअघि गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङघले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई ६ महिना थप गर्ने निर्णय गरेको थियो । तालिबानीले अफगानिस्तान नियन्त्रणमा लिएसँगै थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो ।

Leave a Comment