काठमाण्डौ. । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
बैठक कपिलवस्तु शिवगढीस्थित आफ्नै कार्यालयमा केहिबेरमा बस्ने केन्द्रीय कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बैठकमा एमसीसी र स्थानीय निकायको निर्वाचनबारे छलफल हुने छ ।
आजको बैठकले स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिनेबारे निर्णय गर्ने छ । नेकपामा आगामी निर्वाचनमा भाग लिने र नलिनेबारे दुईथरी मत छ ।
केहीले भाग लिनुपर्ने बताइरहेका छन् भने केहीले भाग लिन नहुनेमा जोड दिएका छन् ।