काडमाण्डौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– ६ लिमीमा भने चुनाव अगावै वडा जनप्रतिनिधि टुंगो ललगाइएको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि हुम्लाको हल्जी, जाङ, तिल गाउँका स्थानीयहरुको सल्लाहअनुसार नयाँ जनप्रतिनिधि छनोट गरिसकेको बताइएको छ । यी तीन गाउँमा स्थानीय नीति–नियम लागू हुँदै आएको पालिकाका उपाध्यक्ष पेमा तामाङले नेपाल एफएम नेटवर्कलाई बताउनुभयो .
गाउँलेको सल्लाहमा अहिलेकै वडाध्यक्ष पाल्जोर तामाङ दोहोरिनु भएको छ ।
सदस्यहरू भने सबै नयाँ चयन भएका छन् । हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाङ गाउँबाट महिला सदस्यमा पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामा चयन भएका छन्। ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम ५ जेठ ०७९ मा स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुँदै छ ।