स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने

मुख्य खबर शुक्रबार चैत्र ४, २०७८

काडमाण्डौं ।  वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने भए जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने भएको छ ।

०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा उम्मेदवार बन्ने भए ०७४ को चुनावबाट जनप्रतिनिधि बनेकाले राजीनामा दिनुपर्ने निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ । चुनावबाट निर्वाचित वा मनोनीत व्यक्ति उम्मेदवार बन्ने भए मनोनयन दर्ताअघि नै राजीनामा दिइसक्नुपर्ने आयोगको आचारसंहितामा उल्लेख छ । यदी कसैले आचारसंहिता अटेर गरेको पाइएमा उजुरी दिनसमेत आग्रह गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालयमा उजुरी दिन सकिनेछ। निर्वाचन आयोगले गरेको यो निर्णयमा एमालेले भने आपत्ती जनाएको छ ।

प्रधानमन्त्रीले चुनावअघि राजीनामा दिनु नपर्ने तर गाउँपालिका अध्यक्ष वा मेयरले सेवा नै प्रभावित हुने गरी किन राजीनामा दिनुपर्ने भन्ने प्रश्न राखेका छन्। एमाले उपमहासचिव विष्णु रिमालले निर्वाचनमा जाँदा पदको दुरूपयोग नहोस् भनेर सोच्नुपर्ने भए पनि सेवा नै रोक्ने गरी आचारसंहिता बनाउन उचित नहुने बताउनुभयो ।

Leave a Comment