काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय निर्वााचन हुँदेन कि भन्ने हल्ला र आशंका पछाडी नलाग्न आग्रह गरेका छन । आज बालुवाटारमा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचन नहुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
‘चुनाव हुँदैन भन्ने चर्चा चलिरहेको छ । किन हो प्रधानमन्त्रीज्यू’ ? प्रचण्डको प्रश्न थियो । जवाफमा प्रधानमन्त्री देउवाले चुनावको अघिल्लो दिनसम्म हल्ला चलिरहने बताए । ‘यस्तै हो चुनावको अघिल्लो दिनसम्म चुनाव हुदैन भन्ने हल्ला चलिरहन्छ’, देउवाको जवाफमा भने ।
स्थानीय निर्वाचनको मिति नजिकिएसँगै माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन नहुने संकेत देखिपछि आतिएका छन् । उनले एमालेसँग पनि गठबन्धनको लागि अप्सन खुला रहेको सन्देश समेत व्यक्त गरेका छन ।