रूसले “सबै रातो सीमारेखाहरू पार गरिसकेको छ”-जेलेन्स्की

अन्तर्राष्ट्रिय बिहिबार चैत्र ३, २०७८

रूसले पहिले नै “सबै रातो सीमारेखा(रेड लाइन )हरू पार गरिसकेको छ,” युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार साँझ एनबीसीसँगको अन्तर्वार्तामा भने।

यदि रुसले रासायनिक हमला गरेमा संयुक्त राज्य अमेरिकालाई लडाईमा थप सक्रिय रूपमा संलग्न हुन प्रेरित गर्ने रेडलाइन (रातो सीमा रेखा )हो कि भनेर प्रश्न सोध्दा, जेलेन्स्कीले भने, “मलाई विश्वास छ कि रुसीहरूले नागरिकहरूलाई गोली हान्न थालेपछि सबै रातो रेखाहरू पार गरिसकेका छन्। ”

रुसले पहिले नै १०० भन्दा बढी बालबालिकालाई मारेको छ, जेलेन्स्कीले थपे: “म रातो रेखाको अर्थ बुझ्दिन। हामीले अरू के पर्खनुपर्छ? रुसीहरूलाई २०० ,३०० वा ४०० बालबालिकालाई मार्न दिनु ?”

राष्ट्रपतिले युक्रेनीहरू “अपराजित” छन् र यदि रुसीहरूले कीभ कब्जा गरे भने उनीहरूले युक्रेनका जनतालाई जित्न सक्ने छैनन् ।

“हृदय सधैं युक्रेनीहरूसँग रहनेछ,” उनले भने।

जेलेन्स्कीले युक्रेन र रुसबीचको वार्ता “अझै प्रगतिमा” रहेको तर “कठीन” भएको पनि बताए।

“कुनै पनि युद्ध वार्ताको टेबुलमा समाप्त हुन सक्छ,” उनले भने।

Leave a Comment