युक्रेनको राजधानी किभको एक नाटक घरमाथि रुसको आक्रमण, १० सर्वसाधारणको मृत्यु

अन्तर्राष्ट्रिय बिहिबार चैत्र ३, २०७८

एजेन्सी । युक्रेन र रुसबीचको युद्ध आज २२ दिनदेखि जारी छ । दुई मुलुकबीच युद्ध अन्त्यको विषयमा कुनै ठोस सहमति हुन नसकेपछि युद्ध लम्बिदै गएको हो ।

२२ दिनदेखि जारी युद्धको क्रममा रुसले युक्रेनको महत्त्वपूर्ण क्षेत्रहरूमाथि कब्जा गरिसकेको छ भने हिजो राजधानी किभको एक नाटक घरमाथि आक्रमण गर्दा १० जना सर्वसाधारणको मृत्यु भएको छ ।

युक्रेन सरकारका अनुसार युद्धबाट जोगिनका लागि नाटक घरमाथि आश्रय लिएर बसेको बेला रुसले आक्रमण गरेको बताएको छ । रुसले युक्रेनको राजधानी किभमाथि कब्जाको लागि निरन्तर आक्रमण गरिरहेको छ ।

यसैबीच, युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्किीले हिजो अमेरिकी संसदलाई संबोधन गर्नुभएको छ । भर्चुअल रुपमा सम्बोधन गर्दै उहाँले युक्रेनमाथि नो फ्लाई जोन अर्थात् युरोपीय आकाशमा हवाई प्रतिबन्ध लगाउन माग गर्नुभयो ।

 

Leave a Comment