काठमाडौं । सरकारले यही चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जानकारी दिनुभयो ।
१५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाले टाइफाइडविरुद्धको खोप पाउनेछन्। सरकारले यसपटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।