नयाँ शैक्षिक शत्र जेठबाट सुरु गर्ने सरकारको निर्णय

समाज बिहिबार चैत्र ३, २०७८

काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्र आगामी जेठबाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसवर्षको शैक्षिक सत्र अन्तर्गत चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमा परीक्षा र नतिजा प्रकाशन गर्नेगरी निर्णय भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता दिपक शर्माले देशभरका अधिकांश विद्यालयले चैतमै विद्यालयको अन्तिम परीक्षा सञ्चालन गर्ने गरी सूचना निकालेको गुनासो आएकाले चैत्र महिनाभर शिक्षण सिकाइ क्रियाकलाप गर्न आग्रह गरिएको बताउनुभयो ।

उहाँले चालु शैक्षिक सत्रमा कतिपय विद्यालयमा पाठ्यक्रम नसकिएको हुँदा चैत मसान्तसम्म पाठ्यक्रम सकाउन र वैशाखमा परीक्षा लिन र नयाँ भर्ना लिन भनिएको बताउनुभयो । कोरोनाका कारणले मात्रै नयाँ शैक्षिक सत्रको कार्यक्रममा फेरबदल भएको उहाँको भनाइ छ ।

Leave a Comment