युक्रेनमा मारिएका फक्स न्यूजका पत्रकारलाई श्रद्धाञ्जली अर्पण,युक्रेनी पत्रकारको पनि मृत्यु

अन्तर्राष्ट्रिय बुधबार चैत्र २, २०७८

युक्रेनमा मारिएका फक्स न्यूजका छायाचित्र पत्रकारलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । फ्रान्स र आयरल्याण्डले फक्स न्यूज संजाल (नेटवर्क)को लागि काम गर्दा युक्रेनमा मारिएका दोहोरो नागरिकता (फ्रान्स -आयरल्याण्ड)का छायाचित्र (फोटो)पत्रकार पियरे जाक्रजेव्स्कीलाई श्रद्धांजलि अर्पण गरेका छन्।

आयरल्याण्डका राष्ट्रपति माइकल हिगिन्सले मंगलबार ढिलो जारी गरेको विज्ञप्तिमा “पियरे जाक्रजेव्स्कीको परिवारलाई गहिरो समवेदना प्रकट गरे”।

विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारसहित सर्वसाधारणको अन्धाधुन्ध हत्याको अन्त्य गरिनुपर्छ भनि सिएनएनले समाचार लेखेको छ ।

यसैबीच, आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले मंगलबार सामाजिक संजाल ट्वीटमा भनेका छन्, “रुसले युक्रेनमा गरेको यो अविवेकी र अनैतिक युद्धको निन्दा गर्दछ।”

फ्रान्सेली विदेश मामिला मन्त्री जीन-यवेस ले ड्रियानले पनि बुधवार एक विज्ञप्तिमा भने, “यो ठूलो भावनाका साथ मैले युक्रेनमा पत्रकार पियरे जाक्रजेव्स्की र युक्रेनी पत्रकार ओलेक्जान्ड्रा कुभ्सिनोभाको मृत्युको बारेमा थाहा पाएको छु।”

विज्ञप्तिमा भनिएको छ, “म उहाँको परिवार, ओलेक्सान्ड्रा कुभ्सिनोभाको परिवार र उहाँका प्रियजनहरूप्रति गहिरो समवेदना पठाउँछु र यस दुःखद घडीमा उहाँहरूको साथमा समर्थन उभिन चाहन्छु।”

“अन्तर्राष्ट्रिय मानवीय कानून अनुसार पत्रकारहरुको सुरक्षा गर्न सशस्त्र बलको दायित्व दोहोर्‍याउँछु र उनीहरुलाई लक्षित गर्ने कुनै पनि कार्यको म कडा शब्दमा निन्दा गर्दछु।”

Leave a Comment