काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सेटिङ गरेर चुनाव जित्न काँग्रेस–एमाले नै सिपालु भएको आरोप लगाउनु भएको छ । प्रचण्डले गठबन्धनबाट आश गरेर आउला र खाउँला भन्ने पक्षमा पार्टी नभएको स्पष्ट पार्नु भएको छ ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो,काँग्रेस एमाले नै सिपालु छन् । जालझेल र षड्यन्त्र गर्न हामी उनीहरुसँग सक्दैनौँ । हामीले सक्ने भनेको जालझेल गर्नेलाई दनक दिनचाहिँ सक्छौँ ।
इटको जवाफ पत्थरले दिएर सातो लिनचाहिँ सक्छौँ । प्रचण्डले आगामी चुनाव पार्टीका लागि ‘लाइफ एण्ड डेथ’ को सवाल भएको पनि बताउनु भएको छ ।