अध्यादेश खारेज भएपछि नागरिकता सम्बन्धीको रिट खारेज

मुख्य खबर बुधबार चैत्र २, २०७८

काठमाडौं । नागरिकता अध्यादेश विरुद्ध परेको रिट खारेज भएको छ । ओली सरकारले ९ जेठ २०७८ मा नागरिकता आध्यादेश ल्याएको अध्यादेश परेको रिट परेको थियो । तर सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।

बुधबार कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले रिट खारेज गर्ने फैसना सुनाएको हो ।

रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नागरिकता अध्यादेशको कानुनी हैसियत समाप्त भइसकेकाले रिट निवेदन खारेज गरेको बताउनु भएको छ ।

Leave a Comment