आइओसीले बढाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

मुख्य खबर बुधबार चैत्र २, २०७८

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ । आज प्राप्त नयाँ मूल्यसूचीमा आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको निमगले जनाएको छ ।

बुधबार नेपाल आयल निगमलाई आइओसीले पेट्रोल, डिजेल र हवाई इन्धनको बढेको मूल्यसूची पठाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनु भएको छ। उहाँका अनुसार आइओसीले पेट्रोल लिटरको १६ रूपैयाँ ३७ पैसा बढाएर पठाएको छ। त्यस्तै डिजेलमा २४ रूपैयाँ ५० पैसा र हवाई इन्धनमा १८ रूपैयाँ ९० पैसा बढेर आएको छ।

यसअघि निगमलाई पेट्रोल लिटरमा १६ रूपैयाँ हाराहारी घाटा थियो। अब यो घाटा ३२ रूपैयाँ नाघेको छ। डिजेलमा पनि ३६ रूपैयाँ बढी घाटा हुनेछ।

Leave a Comment