मधुरो प्रकाश भएको कोठामा सुत्दा स्वास्थ्यमा गम्भीर असर

समाज बुधबार चैत्र २, २०७८

काठमाडौं । मधुरो प्रकाश भएको कोठामा सुत्नाले स्वास्थ्यमा असर गर्ने एक अध्ययनले देखाएको छ । मधुरो प्रकाशका कारण आँखा बन्द रहँदा पनि किरणहरु छिरेको र निद्रामा बाधा पुगेको अध्ययनले देखिएको छ । सामान्यतय रातको समयमा मुटुको धड्कन घट्ने गर्छ ।

मस्तिष्क शरीरलाई मर्मत र पुनर्ताजगी गर्न व्यस्त हुँने भएकाले मुटुको धड्कन कम हुन भएको हो । रातको समयमा मुटुको धड्कन उच्च हुँदा भविष्यमा हृदय रोग तथा छिटो मृत्युको कारक हुन सक्ने धेरै अध्ययनहरूमा पाइएको छ ।

यसअघिका अनुसन्धानहरुले रातमा कृत्रिम प्रकाश र तौल बढ्ने तथा मोटोपना, मेटाबोलिक काममा अवरोध, इन्सुलिन उत्पादन तथा मधुमेहको जोखिम र हृदय रोगको जोखिमका कारकहरू बिच सम्बन्ध रहेको देखाएका छन् । सुत्दा आफ्नो कोठाको पर्दा बन्द गर्ने, सबै बत्तीहरू बन्द गर्ने तथा ‘स्लीप मास्क’को प्रयोग गर्ने गरेमा राम्रो हुने अनुसन्धानकर्ताले बताएका छन् ।

Leave a Comment