एक महिनादेखि जनकपुर–जयनगर रेल ‘ड्रायरन’

समाज बुधबार चैत्र २, २०७८

काठमाडौं । एक महिनादेखि जनकपुर–जयनगर रेल ‘ड्रायरन’ गरिरहेको छ । दिनमा एक पटक जयनगरबाट कुर्थासम्म यात्रुविना रेल ओहोरदोहोर गरिरहेको छ ।

गत फागुन १ गतेदेखि उद्घाटन नहुँदै ‘ड्रायरन’ सुरु गरिएको थियो । ‘ड्रायरन’ सफल भएपनि उद्घाटन मिति अझै टुङ्गो लाग्न नसकेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताउनुभयो ।

उहाँका अनुसार कानुन अभावमा उद्घाटन तथा यात्रुसहित सञ्चालनको मिति तय हुन सकेको छैन ।

Leave a Comment