क्रिप्टोकरेन्सी कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्ने निर्णय

आर्थिक बुधबार चैत्र २, २०७८

काठमाडौं । सरकारले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्ने निर्णय गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङ जस्ता साइट नेपालमा नचल्ने गरी बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो ।

प्राधिकरणका उप निर्देशक अच्युतानन्द मिश्रले अब इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्नुपर्ने बताउनुभयो ।

नेपालबाट क्रिप्टोकरेन्सी अन्य डिजिटल मुद्राको माध्यम हुँदै रकम विदेशिने र नागरिक ठगिने क्रम बढेपछि अर्थ मन्त्रालयले यस्तो कारोबार हुने एप र वेबसाइट निषेध गर्ने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियो ।

Leave a Comment