काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ । समितिले आज सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई न्यायाधीशमा नियुक्ति गर्न उपयुक्त भए नभएको उल्लेख गर्दै चैत १० गते भित्र उजुरी दिन आह्वान गरेको हो ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई न्यायापरिषद्को गत फागुन अन्तिम साताको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । उजुरीपछि समितिको बैठकमा सुनुवाइको काम सुरु हुनेछ ।