सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिगमा सरस्वती युथ क्लबले तेस्रो जित

खेलकूद मङ्लबार चैत्र १, २०७८

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत सरस्वती युथ क्लबले तेस्रो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आज भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै सरस्वतीले तेस्रो जित हात पारेको हो ।

जितसँगै ५ खेलबाट ११ अंक जोडेको सरस्वती लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सरस्वतीले दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।

चर्च ब्वाईज र श्री भगवती क्लबले समान १० अंक जोडेपनि दोस्रो र तेस्रो स्थानमा रहेका छन् । ५ खेल खेलेको मध्यपुरको यो चौथों पराजय हो । एक खेल जितेको मध्यपुरको तीन अंक भएपनि उ तालिकाको पुछारमा रहेको छ ।

Leave a Comment