उपत्याकाको फोहोर नउठ्नुमा जिम्मेवार को ?

मुख्य खबर मङ्लबार चैत्र १, २०७८

रञ्जना पौडेल 

फागुन २३ गते देखि काठमाडौ उपत्यकाको फोहर उठ्न सकेको छैन । स्थानिय वासिन्दाको विरोधका कारण काठमाण्डौबाट फोहर बोकेका गाडी ल्याण्डफिल्ड साइटमा जान सकेका छैनन् । जसका कारण काठमाडौ उपत्यकामा दिनानुदिन दुर्गन्ध फैलदो क्रममा छ ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि सरकारले नुवाकोटको सिसडोललाई रोजेको १६ बर्ष भयो । त्यस क्षेत्र फोहरले भरीएपछि ककनी गाउँपालिकामा रहेको सिसडोल नजिकै बन्चरे डाँडामा सरकारले सेनेटरी ल्याण्ड फिल्ड साईट निर्माण गरयो । निर्माण कार्य पूर्ण रुपमा नसकिदै फोहर फाल्नुपर्ने अवस्था आएपछि सरकारले स्थानीयलाई खवर गर्यो । तर स्थानियले आफ्ना मागहरु पुरा नभएसम्म फोहर फाल्न नदिने भन्दै आन्दोलन गरेपछि अहिले काठमाडौ उपत्यकाको फोहर उठ्न सकेको छैन । उच्च प्रभावित बनेका बस्ती स्थानान्तरण गर्नुपर्ने, फोहर विसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहर विसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने माग स्थानीयको छ ।

सरकारले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरे पनि स्थानियले अवरोध गर्न छोडेनन् । ल्याण्डफिल्डको केहि युनिट सञ्चालनका लागि संघीय सरकार मातहतमा रहेको सहरी विकास तथा भवन निर्माण विभाग र महानगरबीच उचित समन्वयन हुन नसक्दा स्थानियले अवरोध गर्ने मौका पाएर समस्या चर्कीदै गएको काठमाडौ महानगर प्रहरी प्रमुख नगर प्रहरी उपरिक्षक धनपती सापकोटा बताउनु हुन्छ ।

काठमाडौं उपत्यकामा फोहोर नउठ्ने यो पहिलो घटना होइन् । अहिलेको समस्या स्थानीयको माग पुरा गर्नु नै हो । सरकारले चाहेको खण्डमा तुरुन्तै समाधान गर्न सक्ने फोहर व्यवस्थापन संघ नेपाल (स्वान)का बरिष्ठ उपाध्यक्ष रामकुमार घिमिरको दाबी छ ।

एक साता देखि फोहर उठ्न नसक्दा काठामाडौ उपत्यकाका विभिन्न शडक तथा गल्लीहरुमा थुप्रीएको फोहरको डंगुरले दुर्गन्ध फैलिँदा नागरिक मर्कामा परेका छन् ।

Leave a Comment