रुसमाथि अन्तर्राष्ट्रिय अदालतको फैसला बुधबार हुने अपेक्षा

अन्तर्राष्ट्रिय मङ्लबार चैत्र १, २०७८

रुसमाथि अन्तर्राष्ट्रिय अदालतको फैसला बुधबार हुने अपेक्षा गरिएको छ । युक्रेनले रुसमाथि लगाएको आरोपमा अन्तर्राष्ट्रिय न्यायलयले चाँडै नै फैसला सुनाउनेछ ।

युक्रेनले नेदरल्याण्डको हेगमा रहेको संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतमा रुसविरुद्ध नरसंहारको योजना बनाएको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।

युक्रेनले अदालतलाई आक्रमण रोक्न हस्तक्षेप गर्न र रूसलाई क्षतिपूर्ति तिर्न आदेश दिन पनि आग्रह गरेको छ।

अदालतले बुधबार बिहान ११ बजे अमेरिकी पूर्वीय समय फैसला सुनाउनेछ भनि संयुक्त राष्ट्रले एक छापा बिज्ञप्तिमा घोषणा गरेको छ

Leave a Comment