इरान र रुसबीच आणविक सम्झौता सम्बन्धि वार्ता हुने

अन्तर्राष्ट्रिय मङ्लबार चैत्र १, २०७८

एजेन्सी । इरान र रुसबीच आणविक सम्झौता सम्बन्धि वार्ता हुने भएको छ । यसका लागि तेहरानका विदेश मन्त्री होसेन अमिर अब्दुल्ला हियान वार्ताका लागि आज मस्को जानुहुने भएको छ ।

इरान र रुसबीच पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि सम्बन्ध टुटेकोथियो ।

अष्ट्रिायाको भियनामा भएको दश महिने वार्ताले प्रमुख शक्तिहरू इरानको आणविक कार्यक्रमलाई नियमन गर्ने सन् २०१५ को सम्झौता नवीकरण गर्ने नजिक पुगेकाथिए । तर रुसले युक्रेनमाथि आक्रमण गरेपछि लगाइएको पश्चिमी प्रतिबन्धले इरानसँगको व्यापारलाई नोक्सान नगर्ने ग्यारेन्टी माग गरेपछि वार्ता रोकिएको थियो ।

सोही विषयमा कुराकानी गर्न इरानका विदेशमन्त्री मंगलबार मस्को जान लाग्नुभएको हो ।

Leave a Comment