काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने गरी धादिङ र नुवाकोटको सीमाना बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइट निर्माणमा स्थानीयले अवरोध गरेका छन् । विगतको सहमति कार्यान्वयनको माग राख्दै ल्यान्डफिल साइट निर्माण हुने अन्तिम अवस्थामा पुगेको बेला स्थानीयले अवरोध गरेका हुन् ।
पटक–पटक काठमाडौं महानगरपालिका र सरकारले सहमति गरेर पनि जायज माग पूरा नगरेको भन्दै स्थानीयले निर्माण कार्य ने प्रभावित पारेका छन् । एक साताअघिबाट काम रोकिँदा समयमै ल्यान्डफिल साइट बन्नेमा आशंका थपिएको छ । स्थानीयले ओखरपौवाको सिसडोलको जस्तै अवस्था बन्नबाट रोक्न र बन्चरेडाँडामा व्यवस्थित रूपमा फोहोर फ्याँक्ने ग्यारेन्टी गर्नुपर्ने माग अघि सारेका छन् ।
स्थानीयको अवरोधको कारण बन्चरेडाँडा ल्यान्डफिल साइटको सेल टु र इयाम निर्माणको काम ठप्प भएको छ ।