काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान गर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी निवेदन दिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जजिराले दैनिक एक उडान गर्नेगरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले हाल काठमाडौँमा समेत नियमित उडान गरिरहेको छ । हालै यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको गौतमबुद्ध विमानस्थलमा आगामी वैशाख १ गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले परीक्षण उडान गर्नेछ ।
नेपालगञ्ज विमानस्थलको स्तरो उन्नति अलपत्र परेको छ । नेपालगञ्ज दिल्ली उडानको पूर्वाधार विकासका लागि नयाँ टर्मिनल भवन र धावनमार्गको विस्तार गर्ने योजना अघि सारिएपनि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्र
ालयले यहाँको बजेट कटौती गरिदिएपछि स्तरोउन्नति अलपत्र परेको हो । नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन ३ अर्बको टेन्डर आह्वान भएकोथियो ।