विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाईदैं

समाज मङ्लबार चैत्र १, २०७८

काठमाडौं । विश्व उपभोक्ता अधिकार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसवर्ष ‘सुरक्षित र समावेशी डिजिटल कारोबार, उपभोक्ताको अधिकार’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

उपभोक्ता अधिकारको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले उपभोक्ता अधिकारसँग सम्बन्धित कार्यक्रम गरेर आज यो दिवस मनाउँदैछन्। यो दिवस पहिलो पटक सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको हो ।

यसैको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिन्छ।

Leave a Comment