विद्यालयहरुले चैत भित्रै परीक्षा सकाएर बैशाखमा नतिजा प्रकाशन गर्नु पर्ने

समाज मङ्लबार चैत्र १, २०७८

काठमाडौं । विद्यालयहरूले आउँदो वैशाखमा विद्यार्थीका सबै प्रकारका परीक्षाहरू लिएर वैशाखमै नजिता प्रकाशन गर्नुपर्ने भएको छ । चैतभर भने पठनपाठनलाई जारी राख्नुपर्ने शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले बताएको छ । एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने तालिका छ ।

यसलाई समेत मध्यनजर गर्दै स्थानीय तहहरूले कक्षा ८ को परीक्षा पनि वैशाखमै अनुकूल समयमा गर्नुपर्ने केन्द्रको भनाइ छ । साथै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान वैशाखमै सुरू गर्नुपर्नेछ। जेठ १ गतेदेखि नियमित पठनपाठन सुरू गर्न पनि केन्द्रले निर्देशन दिएको हो ।

Leave a Comment