दक्षिण एसियाली महिला सम्मेलन आजबाट काठमाडौँमा सुरु हुँदै

मुख्य खबर मङ्लबार चैत्र १, २०७८

काठमाडौं । दक्षिण एसियाली महिला सम्मेलन आजबाट काठमाडौँमा सुरु हुँदैछ । ‘दक्षिण एसियाबाट विश्वमा प्रतिध्वनि ः महिला र किशोरीहरूविरुद्धको हिंसालाई सम्बोधन गर्न विश्वव्यापी मानकहरू’ विषयक दुई दिने दक्षिण एसियाली महिला सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुहुनेछ । महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन सम्मेलनको आयोजना गर्न लागिएको हो । सम्मेलनमा महिला हिंसाका विविध पाटोलाई उजागर गर्दै हिंसा पीडितको न्यायमा पहुँच कसरी पु¥याउन सकिन्छ भन्नेमा छलफल हुने बताइएको छ ।

लैङ्गिक हिसावले भ्रुण हत्यादेखि वृद्ध हजुरआमामाथि हुने हिंसालाई केलाएर सम्बोधन गरिनुपर्ने र हिंसा प्रभावितलाई न्यायमा पहुँच दिलाउनु सम्मेलनको मुख्य उद्देश्य छ । सम्मेलनमा दक्षिण एसियासहित अमेरिकाबाट पनि महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी सहभागि हुनेछन् ।

Leave a Comment