नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक वार्ता हुँदै

मुख्य खबर मङ्लबार चैत्र १, २०७८

काठमाडौं । नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक वार्ता हुँदैछ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता हुन लागेको हो । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले गर्नुहुनेछ भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा राजकुमार फैसल बिन फरहान अल साउदले गर्नुहुनेछ ।

बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आजै नेपाल र साउदीबीच जनरलको अप्रेसन सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ । साउदी अरबका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले आज दिवा भोज दिनुहुने छ ।

आजै अपराह्न विदेशमन्त्री फैसल स्वदेश फर्कनु हुनेछ । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ निजी विमान मार्फत सोमबार नेपाल आउनुभएको हो ।

Leave a Comment