काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले अमेरिकन सहयोग सम्झौता एमसीसी पारितलाई लिएर एमाले नेता भीम रावलले विरोध गरेको प्रति आक्रोशित व्यक्त गर्नु भएको छ ।
नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका देउवाले आक्रोशित हुँदै भन्नुभयो, ,’अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसेबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्ने थियो।’
उहाँले थप्दै भन्नुभयो, ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’रावल मन्त्री हुँदा एसमसीसीको प्रक्रिया अघि बढिरहेको सुनाउँदै देउवाले विरोध गर्ने भए उनी राजीनामा दिएर बाहिर आउनुपर्ने हैन र ? ‘एमसीसीको सबैभन्दा बढी खिलाफमा भीम रावल हुनुहुन्छ। त्यसबेला भीम रावलको दिमाग खुस्किएको थियो ? अहिले बोल्न लाज छैन ?’