काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहजरूपमा न्याय पाउन नसकेकोले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनु परेको बताउनुभएको छ ।
आज काठमाडौँको मीनभवनमा कांग्रेसको एकमहिने “घरघर जाउँ, कांग्रेस जिताउ” अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले न्यायालयको नेतृत्व असफल भएकाले न्यायालय सुधारका लागि संविधान सम्वत् सुधारको प्रयास थालिएको बताउनुभयो ।
उहाले कांग्रेस नेता–कार्यकर्ताले जनताको घरघरमा पुगेर एमसीसी र महाअभियोगबारे फैलाइएका अनावश्यक भ्रमबारे बुझाउनुपर्ने र कांग्रेसलाई नागरिकका के–कस्ता सुझाव छन संकलन गर्न उहाले आग्रह गर्नुभयो ।
गठबन्धन कांग्रेसको रहर नभइ परिस्थितिजन्य बाध्यता भएको भन्दै उहाँले तत्कालीन सरकारले गरेको असंबैधानिक कामलाई रोक्न र संविधानलाई ट्रायकमा ल्याउन गठबन्धन बनेको बताउनुभयो ।
नेता सिंहले कांग्रेस देश र जनताको हित सोच्ने पाटी भएकाले अनावश्यक भ्रमको पछि नलाग्न समेत सबैमा अपिल गर्नु भएको छ ।