काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध आज सत्ता गठबन्धन दलले महाअभियोग प्रस्ताव माथि संसदमा टेबल गरेको छ । आइबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच महाअभियोग प्रस्ताव दर्ता भएको हो ।
आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव प्रस्तुत गर्नुभएकाे हाे। संसद्मा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)का सचेतकहरू प्रस्तावक र ९५ सांसदको समर्थनमा जबराविरूद्ध यही फागुन १ गते महाअभियोग प्रस्ताव अघि बढाइएको थियो ।
प्रतिनिधि सभाको बैठक चैत २ गते सम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव पेस भएको थियो। प्रस्तावमाथि आगामी बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो।