काठमाडौं । नेपाली कांग्रेस निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन्। नेपाल बार एशोसिएसनको अध्यक्षको उम्मेद्वार भएपछि घिमिरेले आज सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको कांग्रेसले जनाएको छ।
वरिष्ठ अधिवक्ता समेत रहेका घिमिरे लोकतान्त्रिक र प्रगतिशील समूहतर्फबाट बार एसोसिएसनको केन्द्रीय महाधिवेशनमा उम्मेदवार बनेपछि राजीनामा दिएको जनाइएको छ । घिमिरे संयोजक रहेको निर्वाचन समितिले गत मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो।
हेर्नहोस् पत्र