एमसीसी फेल भए राजीनामा दिन्छु, ढुक्क हुनुहोला-प्रचण्ड

मुख्य खबर आइतवार फाल्गुन २९, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग सम्झौता एमसीसीमा ब्याख्यात्मक घोषणा हटाइए माओवादी केन्द्र सरकारबाट बाहिरीने बताउनु भएको छ ।

 

उहाँले व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिनु भएको छ । बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् । व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा जाने विश्वास लिएका छौं ।’

व्याख्यात्मक घोषणा फेल भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले भन्नुभयो ‘राजीनामा दिन्छौं ढक्क हुनुस् ।’ एमसीसी अनुमोदन गरेका कारण पार्टी छाडेर एमालेमा प्रवेश गर्ने नेताहरुप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘यो भन्दा विचित्र के हुन्छ ? जानु नि बरु किरणजी, विप्लवकहाँ । नभए नारायणमान विजुक्छे कहाँ जानू ।’

 

Leave a Comment