भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

समाज आइतवार फाल्गुन २९, २०७८
काठमाडौं । भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका–११ रामघाट स्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् । हिजो साँझ उनीहरू नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरी गङ्गा नगरपालिका–११ का १० बर्सिया गङ्गा खड्का, आठ बर्सिया कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् । बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।

Leave a Comment