रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र

समाज आइतवार फाल्गुन २९, २०७८

काठमाडौं । रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी हिजो आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेको जनाइएको छ ।

उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुवरले ह्वास्स एप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपालीहरु युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामा मार्फत युरोप छिर्न हिँडेको हुने सक्ने आशंका गर्नुभएको छ ।

खड्काले उनीहरुको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरुसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी बताउनुभयो ।

Leave a Comment