काठमाडौं । वाग्मती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।
२०७८ पुस ८ गते यता वाग्मती प्रदेशसभाको बैठक बस्न सकेको छैन । पुस ७ र ८ गते दुई दिन चलेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि बैठक अनिश्चित भएको थियो ।
प्रमुख प्रतिपक्षीले सरकारसँग विभिन्न विषयको जवाफ माग गर्दे वैठक अबरुद्ध गर्दै आएको छ । सरकारले जवाफका लागि आफूहरू तयार भएको जनाए पनि विपक्षीहरुले निरन्तर वैठक अबरुद्ध गर्दै आएका हुन । गौरवको आयोजनाको रूपमा रहेको सुरुङ मार्ग र विद्युतीय बस खरिदको विषय स्थगित गर्ने सरकारी निर्णयपछि प्रतिपक्षीमा असन्तुष्टि देखिएको हो ।