जसपाको केन्द्रीय समितिको बैठक बस्दै

मुख्य खबर आइतवार फाल्गुन २९, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ । वेठक आज काठमाडौँको एक पार्टी प्यालेसमा बिहान ११ बजे बैठक सुरु हुने छ । बैठकमा सङ्घीय परिषद्को बैठकले गरेका निर्णय अनुमोदनका लागि पेस गरिने नेता मोहम्मद इस्तियाक राईले बताउनुभयो ।

उहाँका अनुसार भोलिसम्म चल्ने बैठकमा आगामी स्थानीय तहको चुनावमा कसरी जाने भन्ने बारेमा पनि छलफल र निर्णय हुने छ । स्थानीय तहको चुनाव, पार्टी सञ्चालनका बारेमा बनाइएको विभिन्न मापदण्डको बारेमा पनि केन्द्रीय समितिको बैठकले निर्णय लिने छ ।

 

Leave a Comment