काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलक्षित अभियान ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ आजदेखि सुरु गर्ने भएको छ । नजिकिदै गरेको स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान चलाउने भएको हो । अभियान एक महिनासम्म चल्ने कांग्रेसले जनाएको छ ।
अभियानका लागि कांग्रेसले देशका ७७ वटै जिल्लाहरुमा केन्द्रीय सदस्यहरु खटाएको छ । कांग्रेसले प्रतिनिधिका रूपमा खटाइएका नेताहरुलाई फागुन २७ गतेभित्र सम्बन्धित जिल्लामा पुग्न निर्देशन दिएको थियो ।
काँग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरणको मतदान हुने
नेपाली काँग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरणको मतदान हुने भएको छ । गएराति भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो । पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५९ वंशलाल तामाङले ६ सय २९ र प्रेमध्वज लामाले ४ सय ९३ मत मात्र प्राप्त गर्नुभएको थियो ।
राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भएको थियो । अब जंगबहादुर र वंशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । प्रेमध्वज भने बाहिरिनु भएको छन् । कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी भइरहेको छ ।