काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वाेच्च अदालतले कानून विपरित गएर तत्कालिन नेकपाको सरकार ढालेको आरोप लगाउनु भएको छ । शुक्रबार एमाले निकट प्रेस चौतारिको केन्द्रीय अधिवेशनलाई उद्घाटन गर्दै ओलीले सर्वाेच्च अदालतल संविधान बाहिर गएर फैसला गरेको टिप्पणी गर्दै सर्वोच्चमा गोरु ब्याएको बताउनु भएको हो ।
‘एकजना न्यायाधीशको इमेल आउँछ अमेरिकाबाट केपी ओलीको सरकार ढाल्नु नै थियो, न्यायाधीशको के बिगारिदिएको थियो ओली सरकारले रु त्यहाँनेर विकास विरोधी षड्यन्त्रको हिस्सेदार थियो ।
संविधान बाहिर गएर पनि ढाल्नु पर्ने थियो,’ ओलीले भन्नुभयाे, ‘गोरु ब्याउँदैन भन्थे ब्यायो सर्वोच्च अदालतमा, यो २०५१ सालमा एकजनाले भनेका थिए । अहिले गोरु ब्यायो मात्र होइन पाँचवटा बाच्छा पायो ।’