काठमाडौं । प्रधानमन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग बारे प्रतिनिधि सभाको बैठकमा छलफल हुने भएको छ । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश जबराका विरुद्ध महाअभयिोगको प्रस्तावबारे छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
उक्त प्रस्तावमा तीनवटै दलका ९५ सांसदहरूले समर्थन जनाएका थिए । प्रतिनिधिसभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसद्मा अवरोध गरिरहेको एमाले पनि सहभागी भएको छ । महाअभियो प्रस्ताव दर्ता भएसँगै जबरा हाल निलम्बीतमा परिसकेका छन् ।