काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीको ग्लोबल टेण्डरमा भाग लिन नेपालका निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह गर्नु भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान हुने भएकाले त्यसमा हिम्मत गर्न र सफल हुन आग्रह गर्नु भएको हो ।
नेपाली निर्माण व्यवसायी सफल भएमा आफू सबैभन्दा बढी खुसी हुने उहाँले बताउनु भएको छ । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान हुनुपर्छ। अमेरिकाको कानुनले नै अन्तर्राष्ट्रिय बोलपत्र गराउनुपर्ने भनेको छ।
त्यसमा संसारका जुनसुकै मुलुकका पनि यसमा आउन सक्दछन्। चीनका होस्, भारतका होस्। नेपालकै किन नहोस्। त्यसैले यसमा ध्यान दिनुहोला उहाँले भन्नु भयो ।