काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजनीति माओवादीकै इशारामा चलेको जिकिर गर्नु भएके छ । सुर्खेतमा पत्रकारहरुसँग कुरानी गर्दै उहाँले शुक्रबार देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इशारामा चलेको दाबी गर्नुभयो । वर्तमान सत्ता गठबन्धन आगामी स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहने दावी गर्नुभयो ।
गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयास रहेको भन्दै उहाँले एमसीसी पारित भएकैले देश दुर्घटनामा जानबाट रोकिएको बताउनुभयो । एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भएको पनि उहाँको भनाइ छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार पार्टीको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएको छ।