भूमिहिन नागरिकलाई लालपूर्जा वितरण

मुख्य खबर शुक्रबार फाल्गुन २७, २०७८

काठमाडौं। गाउँ ब्लक अन्तर्गत लालपूर्जा वितरण भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ । जग्गा आफ्नै भएपनि लालपुर्जा नभएर स्वामीत्व विहिन भएका नागरिकलाई सरकारले पुर्जा वितरण गरेको हो ।

मन्त्री शशी श्रेष्ठले अहिले २२ जिल्लामा यो समस्या रहेकाले लालपुर्जा नभएकै कारण नागरिकले नागरिकता समेत नपाएको तथा संविधानले दिएको अधिकार समेत उपभोग गर्न नपाएको बताउनुभयो ।

सरकार र मन्त्री परिवर्तन भइरहँदा सुकुम्बासी, भूमिहीन र विपन्न नागरिकलाई जग्गा दिने भनिए पनि कार्यान्वयनमा ढिलाइ हुँदै आएको छ ।

Leave a Comment