रुसी सेनाको बम प्रहारबाट युक्रेनको एक अस्पतालमा १७ जना घाइते

अन्तर्राष्ट्रिय बिहिबार फाल्गुन २६, २०७८

एजेन्सी । युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा रुसी सेनाले प्रहार गरेको बम खस्दा कम्तिमा १७ जना घाइते भएका छन् । बम प्रहारबाट अस्पतालको प्रसुती र बालबालिका वार्डमा ब्यापक क्षति पु¥याएको जनाइएको छ । अस्पताल भवन नजिकै खसेको बमले जमिनमा निकै ठूलो खाडल समेत बनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अस्पतालमा समेत बम प्रहार गरेर मानवता विरुद्धको अपराध गरेको बताउनु भएको छ । उता, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले अस्पतालमा भएको बम प्रहारलाई मानवता सम्बन्धी नियमको उल्लंघन भन्नुभएको छ । बालबालिका र नवजात शिशुहरुको भविश्य समेत समाप्त पार्ने जस्ता विवेकहीन आक्रमण तत्काल रोक्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

Leave a Comment