काठमाडौं । सरकारले होटल, रेष्टुराँ, डान्सबार, क्लब लगायतका रात्रिकालीन व्यवसायमा सञ्चालका लागि मापदण्ड बनाएको छ । गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणीन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार सरकारले मापदण्ड तयार बनाएर रात्रिकालीन व्यवसायलाई रातभर खुला राख्न दिने निर्णय गरेको छ ।
मापदण्डमा डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाँच्न नपाइने,नृत्य प्रदर्शन गर्ने कलाकारहरुले सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने, ‘आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्ने सेवाग्राहीको रुपमा सेवा लिन आउने सबै पाहुनलाई स्वस्थ मनोरञ्जन प्रदान गर्नुपर्ने लगायतका मापदण्ड बनाइएको छ ।
यस्तै कानुन अनुसार इजाजत प्राप्त गरेर मात्र मनोरञ्जन प्रदान गरेर आर्थिक वृद्धिमा टेवा पु¥याउने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने छ ।