नेकपा एसको बैठक आज पनि बस्दै

मुख्य खबर बिहिबार फाल्गुन २६, २०७८

काठमााडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । काठमाडौंको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । त्यो प्रतिवेदनमाथि सुरु भएको छलफल आज पनि जारी रहने छ ।

प्रतिवदेनमाथि छलफल गर्नका लागि केन्द्रीय सदस्यहरूलाई नौ समूहमा विभाजन गरिएको छ । छलफलका लागि केन्द्रीय सदस्यहरूलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको केन्द्रीय छ ।

अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा समूहगत रूपमा छलफल भइरहेको छ ।

Leave a Comment