काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी विरुद्ध नबोल्न आफ्ना पार्टीका केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनु भएको छ । आज देखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले पार्टीको निर्देशन विपरित नबोल्न अनुरोध गर्नु भएको हो ।
पार्टीको निर्णय सबैले मान्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘एमसीसीविरुद्धमा लेखिएका स्टाटसहरू फिर्ता लिनुहोला व्याख्यात्वमक घोषणासँगै एमसीसीका विषयमा रहेका अस्पष्टता हटेका छन्।’
उहाँले यस भित्र आफ्ना केही नेताहरूको फरक मत रहेको भन्दै फरक मतलाई पार्टीले अन्यथा रूपमा नलिएको स्पष्ट पार्नुभयो।
‘यस भित्र हाम्रा कमरेडहरूको फरक मत छ। फरक मतलाई अन्यथा रूपमा हामी लिँदैनौ। पार्टीमा विचारको भिन्नता हुनसक्छ। कुनै पनि नेताको हुनसक्छ। कुनै पनि कमिटि भित्र हुन्छ। तर ती मत भिन्नताहरू पार्टी भित्र मात्र सिमित हुनुपर्छ। बाहिर पार्टीको धारणा ब्याख्या गर्नुपर्ने उहाँको भनाई रहेको थियो ।