परराष्ट्रमन्त्री डा. खड्का सहितको टोली टर्की प्रस्थान

मुख्य खबर बुधबार फाल्गुन २५, २०७८

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का सहितको टोली टर्कि प्रस्थान गरेको छ । यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो टर्कि प्रस्थान गर्नुभएको हो । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

मञ्चको यस वर्षको विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ । आज मन्त्री खड्काले गैरआवासीय नेपाली सङ्घ टर्कीका पदाधिकारी र इस्तानबुलमा रहेका नेपाली उद्यमीसँग व्यवसायका अवसरहरू र चुनौतीहरूका साथै नेपाली समुदायले सामना गर्नुपरेका समस्याबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Comment